काठमाडौं। प्रभु साहले आज नयाँ पार्टी घोषणा गर्नु हुने भएको छ । रौतहट ३ बाट स्वतन्त्र रुपमा चुनाव जितेर प्रतिनिधी सभा सदस्य बन्नुभएका नेता साहले आज आम जनता पार्टी घोषणा गर्न लाग्नुभएको हो ।
उहाँले आज दिउँसो पत्रकार सम्मेलन गरेर पार्टी घोषणा गर्न लागेको बताउनु भएको छ ।साह निकट एक नेताका अनुसार आज घोषणा गरिने पार्टीको नाम आम जनता पार्टी राखिने र चुनाव चिह्न मोबाइल राखिने छ ।
साह विगतमा नेकपा माओवादीबाट एमाले माओवादीबिच एकता भएपछि बनेको नेकपा हुनुहुन्थ्यो भने नेकपा बिघटनपछि एमालेमा रहनुभएको थियो ।
निर्वाचनको संघारमा एमालेबाट टिकट पाएपनि साहले एमाले त्यागेर रौतहट ३ बाट स्वतन्त्र उमेदवारी दिएर प्रतिनिधी सभा सदस्य पदमा विजयी हुनुभएको थियो ।