Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

ओली प्रचण्डबिच २ घण्टा छलफल : भोली सत्ताधारी दलको बैठक बोलाउने निर्णय

ओली प्रचण्डबिच २ घण्टा छलफल : भोली सत्ताधारी दलको बैठक बोलाउने निर्णय

  • बुधवार, पौष १३ २०७९

  • 459
    SHARES

  • ओली प्रचण्डबिच २ घण्टा छलफल : भोली सत्ताधारी दलको बैठक बोलाउने निर्णय

    काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको बर्तमान सरकारमा सहभागी सत्ता साझेदार दलको बैठक भोलि बस्ने भएको छ । बैठक भोली बालुवाटारमा बस्ने निश्चीत भएको सचिवालयले जानकारी दिएको छ ।

    खुमलटारमा आज प्रधानमन्त्री प्रचण्ड र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भएको छलफलले भोलि बैठक बस्ने निष्कर्ष निकालेको हो । खुमलटारमा आज ओली प्रचण्डबिच करिब २ घण्टा लामो छलफल भएको थियो ।

    नयाँ सत्ता गठबन्धनमा नेकपा एमाले,नेकपा माओवादी केन्द्र,राष्ट्रिय स्वतन्त्र पार्टी,राष्ट्रिय प्रजातन्त्र पार्टी,जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र स्वतन्त्र उम्मेदवार प्रभु साह,अमरेशकुमार सिंह र किरणकुमार साह सामेल छन्।

    आज २ घन्टा लामो छलफलपछि ओली खुमलटारबाट बाहिरिनु भएको छ ।


    बुधवार, पौष १३ २०७९०२:५४:२२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij