काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार छाड्नु भएको छ।
बुढानिलकण्ठस्थित आफ्नो घर निर्माणाधीन अवस्थामा रहेकाले आज बिहान देउवा बालुवाटारबाट धुम्बाराहीको भाडाको घरमा सर्नुभएको हो ।
अब उहाँ केही समय धुम्बाराहीस्थित भाडाको घरमा बस्नुहुने छ ।
नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेससँगको गठबन्धन तोडेर एमालेसहितका दलसँग गठबन्धन गरेर प्रधानमन्त्रीमा नियुक्त भएपछि देउवा पदमुक्त हुनुभएपछि बालुवाटार छाड्नुपरेको हो ।