काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी पुस २५ गतेका लागि संसद् अधिवेशन आह्वान गर्नुभएको छ ।
हिजो बसेको संसद बैठकले संसद् अधिवेश आह्वानका लागि राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको थियो। सोही सिफारिसअनुसार राष्ट्रपति भण्डारीले आज संसद बैठक आह्वान गर्नुभएको हो ।
संविधानको धारा ९३ को उपधारा १ बमोजिम पुस २५ गते सोमबार दिउँसो १ बजेका लागि संसद्को अधिवेशन आह्वान गरिएको राष्ट्रपति कार्यालयले सुचनामार्फत जानकारी दिएको छ।
मंसिर ४ गते सम्पन्न निर्वाचनपछि प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक पहिलोपटक बोलाइएको हो। प्रतिनिधि सभामा १२ राजनीतिक दल र ४ स्वतन्त्र सांसदको प्रतिनिधित्व रहेको छ।