Nov 12 2026 | २०८३, कार्तिक २७ गते

२०८३, कार्तिक २७ गते
  • यो साता चर्चामा :
images

गृहमन्त्री रवि लामिछानेसहित ५ मन्त्री भोली क्वाटरको घर सर्ने

गृहमन्त्री रवि लामिछानेसहित ५ मन्त्री भोली क्वाटरको घर सर्ने

  • मंगलवार, पौष १२ २०७९

  • 634
    SHARES

  • गृहमन्त्री रवि लामिछानेसहित ५ मन्त्री भोली क्वाटरको घर सर्ने

    काठमाडौं । नवनियुक्त ५ मन्त्रीहरुले क्वाटरमा बस्नका लागि आफू बस्ने घर छनौट गरेका छन् ।

    उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल, उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने, मन्त्रीहरू राजेन्द्र राई, ज्वाला साह र दामोदर भण्डारीले ललितपुरको पुलचोकस्थित मन्त्री क्वाटरमा बस्नका लागि घर छानेर भोली नै सर्ने तयारी गरेका छन् ।

    ललितपुरको भैसेपाटीमा बनिरहेको मन्त्रीहरूको नयाँ आवासस्थलको निर्माण कार्य सम्पन्न नभएकोले पुलचोकमा रहेको क्वाटरमै नयाँ सरकारका मन्त्रीहरू बस्ने भएका छन् ।

    मन्त्री क्वाटरमा बस्ने मन्त्रीहरूका लागि आवास, फर्निचर, खानेपानी, इन्टरनेट लगायतको सुविधा हुने छ भने किचेनका सामान र सिरक डस्ना लगायतका कपडा भने आफैँले व्यवस्था गर्नुपर्ने छ। मन्त्रीमण्डलमा रहेका २५ जना मन्त्रीका लागि सरकारी तवरबाट आवास सेवा दिने व्यवस्था छ।

    प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा बस्ने भएकोले अन्य मन्त्री तथा राज्यमन्त्रीले भने भाडाको घरमा बस्नुपर्छ। उनीहरूका लागि घरभाडा, खानेपानी र इन्टरनेटका लागि रकम भुक्तानी गर्ने व्यवस्था छ ।प्रधानमन्त्री प्रचण्ड भने निवर्तमान प्रधानमन्त्री देउवा बालुवाटारमै रहेकोले उहाँले खाली गराएपछि मात्रै सरकारी निवास सर्नुहुने छ ।


    मंगलवार, पौष १२ २०७९०३:२३:१७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij