काठमाडौं ।नेपाली कांग्रेसका सभापति तथा निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार मात्र प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार छाड्नु हुने भएको छ ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बनेपछि देउवाले तत्काल बालुवाटार छोड्नुपर्नेमा पर्सि मात्रै बालुवाटार छाड्ने तयारी भएको हो ।
देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाका अनुसार बूढानीलकण्ठमा रहेको देउवाको निजी निवासमा मर्मत कार्य भइरहेकोले बालुवाटार छाड्न ढिलो भएको हो ।
देउवाकाअनुसार मर्मत कार्य सक्न अझै केहि दिन लाग्ने भएकोले यतिवेला भाडाको घरमा बस्ने तयारी छ । घर मर्मत सक्न करिब ४ महिना लाग्ने भएपछि देउवाले धुम्वाराहीमा भाडाको घर खोजिसक्नुभएको छ ।
देउवाले बालुवाटार नछाडेकाले सोमबार प्रधानमन्त्रीको शपथ लिनुभएका प्रचण्ड आफ्नो निजी निवास खुमलटारमै हुनुहुन्छ ।