Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

महान्यायाधिवक्तामा डा. पोखरेल सिफारिस

महान्यायाधिवक्तामा डा. पोखरेल सिफारिस

  • मंगलवार, पौष १२ २०७९

  • 315
    SHARES

  • महान्यायाधिवक्तामा डा. पोखरेल सिफारिस

    काठमाडौं। महान्यायाधिवक्तामा डा. दिनमणि पोखरेल सिफारिस हुनुभएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको महान्यायाधिवक्तामा वरिष्ठ अधिवक्ता डा. पोखरेललाई नियुक्तका लागि सिफारिस गर्नुभएको हो।

    प्रधानमन्त्री दाहालले पोखरेललाई महान्यायाधिवक्ता नियुक्तिका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको प्रधानमन्त्रीको सचिवालय स्रोतले जानकारी दियो ।

    माओवादी केन्द्रनिकट मानिने वरिष्ठ अधिवक्ता पोखरेल सर्वोच्च अदालतको न्यायाधीशमा जाने चर्चा थियो । प्रधानमन्त्रीमा दाहाल नियुक्त भएसँगै सरकारको कानुनी सल्लाहकारको रुपमा महान्यायाधिवक्तामा नियुक्त गर्न लागिएको हो ।

    महान्यायाधिवक्ताको नियुक्ति प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट हुनेछ । राष्ट्रपतिबाट नियुक्त भएपछि प्रधानन्यायाधीशले शपथ गराएपछि मात्रै महान्यायाधिवक्ताको कार्यकाल सुरु हुनेछ ।


    मंगलवार, पौष १२ २०७९०१:३६:५८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij