Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

नागरिक उन्मुक्ति पार्टी सरकारमा सहभागी नहुने

नागरिक उन्मुक्ति पार्टी सरकारमा सहभागी नहुने

  • सोमवार, पौष ११ २०७९

  • 432
    SHARES

  • नागरिक उन्मुक्ति पार्टी सरकारमा सहभागी नहुने

    काठमाडौं । नागरिक उन्मुक्ति पार्टी सरकारमा सहभागी नहुने भएको छ । प्रधानमन्त्रीमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई समर्थन गरेको नागरीक उन्मुक्ति पार्टी सरकारमा नजाने भएको हो ।

    पार्टी प्रवक्ता दामोदर पण्डितले हालका प्रधानमन्त्री प्रचण्डले रेशम चौधरी लगायतको रिहाइका लागि पहल गर्ने आश्वासन दिएकाले पार्टीले समर्थन गरेको बताउनु भयो ।

    पार्टीका संरक्षक रेशम चौधरीले आफ्ना पार्टीका सांसदहरुलाई आज बिहान डिल्लीबजार कारागारमा छलफलका लागि बोलाएर सरकारमा जान नहतारिन आग्रह गर्नुभएको थियो ।


    सोमवार, पौष ११ २०७९०२:२६:३५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij