काठमाडौं । प्रदेश नं. १ का सांसदले आज शपथग्रहण गर्दैछन् । प्रदेश सभा सचिवालयका अनुसार दिउँसो साढे १ बजे शपथ ग्रहण कार्यक्रम राखिएको प्रदेश सभा सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिनुभयो ।
प्रदेश सभाका ज्येष्ठ सदस्य गयानन्द गनगाईंले प्रदेश सभा सदस्यहरूलाई शपथ खुवाउनुहुने छ । त्यसअघि साढे १२ बजे प्रदेश प्रमुख परशुराम खापुङले गनगाईंलाई शपथ खुवाउनुहुने छ । त्यसपछि उहाँले प्रदेश सभाको हलमा अन्य सांसदहरूलाई शपथ खुवाउनुहुने छ ।
प्रदेश सभामा पाँच जना सांसदहरूले मातृभाषामा लिने भनेर नाम टिपाएका छन् । मातृभाषामा शपथ लिनेहरूमा इन्द्रबहादुर आङ्बो, खिनु लङवा लिम्बू, कमलप्रसाद जवेगु, खगेनसिं हाङ्गाम र निर्मला लिम्बू छन् ।