Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

यस्तो बन्दैछ नयाँ सरकारको समीकरण

यस्तो बन्दैछ नयाँ सरकारको समीकरण

  • आइतवार, पौष १० २०७९

  • 851
    SHARES

  • यस्तो बन्दैछ नयाँ सरकारको समीकरण

    काठमाडौं । सत्ता गठबन्धनमा कुरा मिल्न नसकेपछि सरकार गठनका लागि अर्को नयाँ चरणको समीकरण तयारी भएको छ ।

    त्यसका लागि अहिले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा छलफल सुरु भएको छ । चार दलका शीर्ष नेताको बैठक सुरु भएको हो ।

    जसमा नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी रहेका छन् । राष्ट्रपतिसहित सबै निकायमा हुने नियुक्ति र चुनावी प्रक्रिया पहिले नै बाँडफाँटमा सहमति गर्ने तयारीस्वरुप छलफल सुरु भएको हो ।

    तर यो गठबन्धनमा भने नेकपा एकीकृत समाजवादी भने सहभागी हुने सम्भावना तत्कालका लागि कम भएको स्रोत बताउँछ ।

    चार दलबीच सहमति कायम भएमा बहुमत पुग्ने देखिन्छ । बहुमतका लागि १३८ सांसद आवश्यक भए पनि अहिले चार दलबीच सहमति कायम भएमा १४४ पुग्ने देखिन्छ ।


    आइतवार, पौष १० २०७९०२:३९:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij