काठमाडौं। बालुवाटारमा सरकार गठनका लागि गठबन्धनका नेताहरुबीचको बैठक सकिएको छ । बैठक सकिए पनि निष्कर्षमा पुगि नसकिएको बैठकबाट बाहिरिएका नेताहरु प्रतिक्रिया दिएका छन् ।
बैठकपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका स्वकीय सचिव रमेश मल्लले बैठकमा सहमति नभएको बताउनुभएको छ।
गठबन्धनका नेताहरु बाहिरिएसँगै प्रधानमन्त्री शेरबहादुर देउवा पार्टीका नेताहरु रामचन्द्र पौडेल र पूणर्बहादुर खड्कासँग छलफल गरिरहनु भएको छ ।
चुनावमा आगामी पाँच वर्षसम्म गठबन्धनकै सरकारलाई निरन्तरता दिने प्रतिबद्वतासहित जनमत लिएका सत्ता गठबन्धन दल चुनावपछि भने सरकार गठनका लागि बार्गेनिङमा छन् ।गठबन्धनमा रहेका दलहरुबीच शक्ति बाँडटको सहमति नहुँदा नयाँ सरकार गठन हुन सकेको छैन ।
राष्ट्रपति विद्यादेवी भण्डारीले ७ दिनको समय दिएर प्रधानमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेको समयसीमा आइतबार साँझ ५ बजे सकिदैछ । तर दलहरुबीच सरकार गठनबारे सहमति हुन सकेको छैन ।