Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

‘द भ्वाइस अफ नेपाल सिजन ४’को उपाधि करण राईलाई

‘द भ्वाइस अफ नेपाल सिजन ४’को उपाधि करण राईलाई

  • शनिवार, पौष ९ २०७९

  • 950
    SHARES

  • ‘द भ्वाइस अफ नेपाल सिजन ४’को उपाधि करण राईलाई

    काठमाडौं । ‘द भ्वाइस अफ नेपाल’को चौंथो सिजनका विजेता करण राई बनेका छन् । शुक्रबार राति भएको ग्राण्ड फिनालेमा राई चौथो सिजनका विजेता बनेका हुन् । टिम राजु लामाको समूहबाट प्रतिस्पर्धा गरेका राईले नगद २५ लाख रुपैयाँसहित पुरस्कार प्राप्त गरेका छन् ।

    करणले नगद २५ लाखसहित पल्सर एन१६० मोटरसाइकल, साढे दुई तोला सुन, ग्यालेक्सी जेड फोल्ड फोर पुरस्कार प्राप्त गरेका छन् । टिम राजेशपायल राई समूहबाट सविना योङहाङ लिम्बु फस्ट रनर अप घोषित भएक्री छन् भने टिम प्रमोद खरेलबाट योगेश मगर सेकेन्ड रनरअप घोषित भएका छन् ।


    त्यस्तै टिम प्रविशा अधिकारीबाट साहिल लिम्बु थर्ड रनरअप बनेका छन् । दर्शकहरुको भोटको आधारमा विजेता घोषित गरिएको थियो ।

     

     


    शनिवार, पौष ९ २०७९०६:५८:३३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij