काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रजातन्त्रमाथी संकट आइपर्दा पत्रकारिताको भूमिका महत्वपुर्ण हुने बताउनुभएको छ ।
नेपाल पत्रकार महासंघको केन्द्रीय साधारण सभाको सुर्खेतमा उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले आज विद्यमान अवस्थामा पत्रकारिता क्षेत्रले सबैतिर यथोचित ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
उहाँले नेपाली जनताको चाहना मुलुकमा तीव्र विकास होस् भन्ने भएको बताउँदै अहिले जीवनस्तरमा सुधार हुनु आवश्यक रहेको बताउनुभयो ।
सामाजिक सुरक्षा र सामाजिक न्याय नागरिकको मूल लक्ष्य भएकाले यो कुरालाई सबैले गम्भीर रुपमा लिनुपर्ने बताउदै यसमा राज्यको चौथो अंगको रुपमा रहेको सञ्चार जगतको ठूलो भूमिका हुने बताउनुभयो ।
उहाँले राज्यले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो ।