काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी बुटवल पुग्नुभएको छ । रुपन्देही उद्योग सङ्घले आयोजना गरेको १५औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी उद्घाटनका लागि राष्ट्रपति भण्डारी आज बुटवल पुग्नुभएको हो।
राष्ट्रपति भण्डारी नेपाली सेनाको हेलिकोप्टरमार्फत् रुपन्देहीको रामनगरस्थित नेपाली सेनाको ब्यारेकमा दिउँसो १ः१५ बजे अवतरण गर्नुभएको थियो।
राष्ट्रपतिको स्वागतका लागि प्रदर्शनीस्थल बुटवल मण्डपमा विशेष तयारी गरिएको छ भने जिल्लामा सुरक्षा व्यवस्थासमेत कडा बनाइएको छ ।
उहाँले औद्योगिक प्रदर्शनीको औपचारिक उद्घाटन गरेलगत्तै बुटवल नजिकैको सिद्धबाबा मन्दिरमा पूजाअर्चना गर्ने तयारी छ ।