Nov 12 2026 | २०८३, कार्तिक २७ गते

२०८३, कार्तिक २७ गते
  • यो साता चर्चामा :
images

नगरपालिका संघको अध्यक्षमा कांग्रेसका भीम ढुंगाना चयन

नगरपालिका संघको अध्यक्षमा कांग्रेसका भीम ढुंगाना चयन

  • बुधवार, पौष ६ २०७९

  • 587
    SHARES

  • नगरपालिका संघको अध्यक्षमा कांग्रेसका भीम ढुंगाना चयन

    काठमाडौं । नेपाल नगरपालिका संघको अध्यक्षमा नेपाली कांग्रेसका तर्फबाट धादिङ नीलकण्ठ नगरपालिकाका प्रमुख भीम ढुंगाना चयन हुनुभएको छ ।

    काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा सम्पन्न संघको महाअधिवेशनले उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका तर्फबाट सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख कृष्णप्रसाद सापकोटालाई चयन गरेको छ।

    त्यस्तै, महासचिवमा नेकपा एमालेका तर्फबाट दाङको घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरी चयन हुनुभएको छ भने उपमहासचिवमा काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल निर्वाचित हुनुभएको छ ।

    कोषाध्यक्षमा कांग्रेसबाट खोटाङ हलेसी तुवाचुङ नगरपालिकाकी प्रमुख विमला राई, सहकोषाध्यक्षमा एकीकृत समाजवादीबाट हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मीना लामा चयन हुनुभएको छ ।

    आठौं महाधिवेशनबाट ४३ सदस्यीय कार्यसमितिमा सबै पदाधिकारी तथा सदस्यहरु सर्वसम्मत चुनिएका छन्।


    बुधवार, पौष ६ २०७९०७:३४:५३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij