Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

पूर्व सभामुख सापकोटाविरुद्धको मुद्दा हेर्न नभ्याइने हुँदै फेरि सर्‍यो 

पूर्व सभामुख सापकोटाविरुद्धको मुद्दा हेर्न नभ्याइने हुँदै फेरि सर्‍यो 

  • बुधवार, पौष ६ २०७९

  • 337
    SHARES

  • पूर्व सभामुख सापकोटाविरुद्धको मुद्दा हेर्न नभ्याइने हुँदै फेरि सर्‍यो 
    काठमाडौं । प्रतिनिधि सभाका पूर्व सभामुख अग्नि सापकोटाविरुद्ध दायर भएको मुद्दा बुधबार(आज) पनि हेर्न नभ्याइने हुँदै सुनुवाइ सरेको छ।  
     
    सापकोटाविरुद्धको रिट निवेदनमाथि सुनुवाइका लागि लामो समयपछि आज संवैधानिक इजलासमा पेसी तोकिएको थियो। आज कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की र न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा,आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमान सिंह राउतको इजलासमा पेसी तोकिएकोमा हेर्न नभ्याउने हुँदै सुनुवाइ सरेको हो। 
     
    सापकोटाविरुद्ध मुद्दा यसअघि पनि पटक पटक पेसीमा चढे पनि हेर्न नभ्याइने हुँदै सर्दै आएको थियो।  यसअघि पछिल्लो पटक २०७९ वैशाख १४ गते उक्त मुद्दा पेसीमा चढेको थियो। तर, हेर्न नमिल्ने हुँदै स्थगित भएको थियो। 
     
    सापकोटाविरुद्धको काभ्रेकी पूर्णमाया लामा, सुशील प्याकुरेललगायतले २०६८ असार ६ गते रिट निवेदन दर्ता गरेका थिए। आज समेत गरी हालसम्म यो मुद्दा ५३ पटकसम्म सुनुवाइको पेसी÷तारेख तोकिएको छ।
     
    उक्त मुद्दा २०७२ सालदेखि संवैधानिक इजलासमा विचाराधीन छ। २०७२ चैत २२ गते तत्कालीन न्यायाधीशहरू सुशीला कार्की र ओमप्रकाश मिश्रको इजलासले उक्त मुद्दा संवैधानिक इजलासमा जाने आदेश गरेको थियो। संवैधानिक इजलासमा सापकोटा सूचना तथा सञ्चारमन्त्री भएका बेला दायर भएकोसहित तीन थान मुद्दा रहेका छन्।  
     
    काभ्रेका अर्जुन लामाको हत्यामा सापकोटाको हात रहेकाले तत्काल कर्तव्य ज्यान मुद्दामा अनुसन्धान अघि बढाउन माग गर्दै लामाकी श्रीमती पूर्णमाया लामाले २०६९ मंसिर ७ गते रिट निवेदन दायर गर्नुभएको थियो। उक्त रिट अन्तिम फैसलाका लागि संवैधानिक इजलासमा लामो समयदेखि विचाराधीन रहेको छ। 
     


    बुधवार, पौष ६ २०७९०२:५७:५०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij