Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

उद्योग क्षेत्रमा देखिएका  समस्या समाधान गर्न सरकार तयार छ : मन्त्री बडू 

उद्योग क्षेत्रमा देखिएका  समस्या समाधान गर्न सरकार तयार छ : मन्त्री बडू 

  • बुधवार, पौष ६ २०७९

  • 440
    SHARES

  • उद्योग क्षेत्रमा देखिएका  समस्या समाधान गर्न सरकार तयार छ : मन्त्री बडू 
    काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले उद्योग क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकार तयार रहेको बताउनुभएको छ।
     
    बुधबार(आज) नेपाल ट्रेड युनियन कांग्रेसले ललितपुरमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री बडूले उद्योग क्षेत्रमा देखिएका नीतिगत तथा अन्य समस्या समाधान गर्न सरकार तयार रहेको बताउनुभएको हो।
     
    उहाँले पछिल्लो समय मुलुकको अर्थतन्त्र सुधार गर्न समस्या भएको बताउनुभयो। मन्त्री बडूले सरकारले मुलुकको आयात तथा निर्यातलाई सन्तुलनमा ल्याउन कोसिस गरिरहेको उल्लेख गर्नुभयो। उहाँले मुलुकभित्र नै औद्योगिक वातावरण बनाएर रोजगारी र उत्पादन बढाउन आवश्यक रहेको बताउनुभयो।
     
    मन्त्री बडूले पछिल्लो समय नेपालमा आन्तरिक तथा वैदेशिक लगानी कम मात्रामा आएको भन्दै चिन्ता व्यक्त गर्नुभयो। 


    बुधवार, पौष ६ २०७९०२:५३:०७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij