काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेतामा पार्टी सभापतिसमेत रहेका शेरबहादुर देउवा विजयी हुनुभएको छ । देउवाले डा. शेखर कोइराला नेतृत्वको समूहबाट उम्मेदवारी दिनुभएका महामन्त्री गगन थापालाई पराजित गर्नुभएको हो ।
निर्वाचन समिति स्रोतका अनुसार देउवाको पक्षमा ६४ मत खसेको छ। पराजित भएका गगनको पक्षमा २५ मत खसेको छ। देउवाले गगनलाई ३९ मतले पराजित गर्नुभयो ।