काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सत्ता गठबन्धनको विकल्प नखोज्न आग्रह गर्नुभएको छ।
जनताको मर्मविरुद्ध जान नहुने भन्दै उहाँले सत्ताको आकाङ्क्षामा अर्को गठबन्धन नखोज्न आग्रह गर्नुभएको हो ।
आज काठमाडौंमा आयोजित एक कार्यक्रममा उहाँले गठबन्धनले विभिन्न आलोचनाहरुलाई चिरेर एउटा परिणाम ल्याएको भन्दै सत्ताको आकांक्षा र आग्रह, पूर्वाग्रह भन्दा माथि उठेर जानुपर्ने बताउनुभयो ।
उहाँले अहिले प्रचण्ड सरकारमा जानका लागि अर्को गठबन्धनमा जान लागेको कुरा बाहिर आए पनि नेपाली काँग्रेसले शंकाको रुपमा भने नहेरेको बताउनुभयो । उहाँले माओवादी केन्द्रले प्रतिगमनको क्षणलाई बिर्सिनु नहुने बताउनुभएको छ ।