काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध महामन्त्री गगन थापाले उम्मेदवारी दिनुहुने भएको छ ।
डा. शेखर कोइरालासँग हिजो र आज दुई दिन भएको छलफलमा गगनले देउवाविरुद्ध उम्मेदवारी दिने सहमति जुटेको हो ।
हिजोदेखिको छलफलबाट आज मात्रै महामन्त्री थापा संसदीय दलको नेताको उम्मेदवार बन्ने र कोइराला सहमति भएको हो।
कांग्रेस संसदीय दलको निर्वाचनका लागि आज दिउँसो २ बजेदेखि ३ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको छ । भोली बिहान ८ बजेदेखि निर्वाचन हुनेछ ।