Nov 12 2026 | २०८३, कार्तिक २७ गते

२०८३, कार्तिक २७ गते
  • यो साता चर्चामा :
images

तीन घण्टादेखि शेखर-गगन पक्षको बैठक जारी

तीन घण्टादेखि शेखर-गगन पक्षको बैठक जारी

  • सोमवार, पौष ४ २०७९

  • 697
    SHARES

  • तीन घण्टादेखि शेखर-गगन पक्षको बैठक जारी

    काठमाडौं । बुधबार हुने नेपाली कांग्रेसको संसदीय दलको निर्वाचनका लागि संस्थापनइतर पक्षबाट साझा उम्मेदवार तय गर्न नेता शेखर कोइराला र महामन्त्री गगन समूहको बैठक बसिरहेको छ।

    नेताहरुले बैठक स्थान नखुलाए पनि यो पक्षको बैठक झण्डै तीन घण्टादेखि जारी रहेको बताएका छन्। नेता कोइराला र महामन्त्री थापा दुवैले संसदीय दलको नेतामा दाबी गरेपछि यो समूहको बैठक बसेको हो।

    सोमबार बिहान मात्र महामन्त्री थापाले कोइरालासँग छुट्टै पनि कुराकानी गर्नुभएको थियो । निर्वाचन प्रचारप्रसारकै क्रममा महामन्त्री थापाले आफू दलको नेतामा निर्वाचन लड्ने घोषणा गर्नुभएको थियो । त्यसपछि संस्थापनइतर पक्षमै धुव्रीकरणको अवस्था देखिएपछि नेताहरू समझदारीका लागि जुटेका हुन्।

    बुधबार हुने संसदीय दलको निर्वाचनका लागि मंगलबार बिहान उम्मेदवारी मनोयन गर्ने कार्यक्रम छ।


    सोमवार, पौष ४ २०७९०५:३३:४६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij