Nov 12 2026 | २०८३, कार्तिक २७ गते

२०८३, कार्तिक २७ गते
  • यो साता चर्चामा :
images

देशले फागुन महिनाभित्र नयाँ राष्ट्रपति र उपराष्ट्रपति पाउँदै

देशले फागुन महिनाभित्र नयाँ राष्ट्रपति र उपराष्ट्रपति पाउँदै

  • सोमवार, पौष ४ २०७९

  • 300
    SHARES

  • देशले फागुन महिनाभित्र नयाँ राष्ट्रपति र उपराष्ट्रपति पाउँदै

    काठमाडौं । आगामी फागुन महिनाभित्र राष्ट्रपति र उपराष्ट्रपति पदको निर्वाचन सम्पन्न हुने निर्वाचन आयोगले जनाएको छ ।

    प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन सम्पन्न भएको अवसरमा निर्वाचन आयोगले आज गरेको जलपान कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले यसबारे जानकारी गराउनुभएको हो ।

    सो अवसरमा थपलियाले निर्वाचन संचालन तथा व्यवस्थापन सम्बन्धी ऐन बनाउन त्यसको मस्यौदा तयार गरिएको र अबको संसद बैठक बसेपछि ऐन बनाउने काम हुने उल्लेख गर्नुभयो ।

    उहाँले यस वर्ष भएको ३ तहको निर्वाचनमा महिला सहभागिता अन्तर्गत स्थानीय तहमा ४१ प्रतिशत, प्रदेश तहमा ३६ प्रतिशत र प्रतिनिधि सभामा ३३ प्रतिशत महिला जनप्रतिनिधि निर्वाचित भएपनि सो संख्या पर्याप्त नभएको बताउनुभयो ।


    सोमवार, पौष ४ २०७९०३:२४:४४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij