काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले नेपाली श्रमिकले विदेशमा गएर भोग्नुपरेका समस्यालाई सरकारले गम्भीर रूपमा लिएको बताउनुभएको छ ।
अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस–२०२२ को अवसरमा आइतबार(आज) आयोजित ’नेपाल आप्रवासन प्रतिवेदन–२०२२’ सार्वजनिक कार्यक्रममा बोल्दै मन्त्री कुँवरले सरकारले नेपाली श्रमिकहरूले विदेशमा गएर भोग्नुपरेका समस्यालाई समाधान र सहज बनाउने विषयमा गम्भीर भएर काम गरिरहेको बताउनुभयो । सरकारले श्रमिक पठाउने मात्रै नभएर विदेशमा गएका श्रमिकले भोग्नुपरेका समस्याबारे पनि गम्भीर हुन आवश्यक रहेको उहाँको भनाइ छ ।
उहाँले सरकारले वैदेशिक रोजगारीमा गएका नेपाली श्रमिकले पाएको दुःखलाई कम गर्न भए पनि सरकारले श्रमिकका हक र अधिकारलाई स्थापित गर्ने गरी नीतिहरू तय गर्न आवश्यक रहेकोले सरकारले काम गरिरहेको बताउनुभयो । मन्त्री कुँवरले सरकारले वैदेशिक श्रमिकको हकमा मर्यादित र व्यवस्थित कसरी गर्ने भन्ने कुरालाई विशेष ध्यान दिन जरुरी रहेको बताउनुभयो ।
उहाँले वैदेशिक रोजगारीमा गएकाहरूले दुःख गरी कमाएर पठाएको रेमिट्यान्स अर्थतन्त्रको मेरुदण्डको रुपमा स्थापित गर्ने काम मात्रै भएको भन्दै श्रमिकले पठाएको रेमिट्यान्स मात्रै नभएर श्रमिकहरूले भोग्नुपरेका विषयमा सरकार गम्भीर हुन आवश्यक गरेको बताउनुभयो । उहाँले नेपाली श्रमिकहरूलाई विदेशमा पठाउँदा श्रमिकको मर्यादा र व्यवस्थापनलाई विशेष ध्यान दिन जरुरी रहेको बताउनुभयो ।
उहाँले सरकारले विदेशमा रोजगारीका लागि गई अलपत्र परेका नेपाली श्रमिकहरूलाई सहज बनाउने र श्रमिकको हक अधिकार प्राप्तिका लागि राज्यले अभिभावकीय पमा काम गरिरहेको बताउनुभयो ।