Nov 12 2026 | २०८३, कार्तिक २७ गते

२०८३, कार्तिक २७ गते
  • यो साता चर्चामा :
images

लोसपा सरकारमा जाने

लोसपा सरकारमा जाने

  • शनिवार, पौष २ २०७९

  • 297
    SHARES

  • लोसपा सरकारमा जाने

    काठमाडौं । लोकतान्त्रिक समाजबादी पार्टी लोसपा सरकारमा जाने तयारीमा रहेको छ । सरकारमा सहभागिता बारे आफुहरु प्रष्ट रहेको अध्यक्ष महन्थ ठाकुरले बताउनुभयो ।

    लोसपा सरकारमा जान तयार देखिए पनि जनता समाजबादी पार्टी जसपा नेपालमा सरकारमा सहभागिताबारे दुई धार रहेको छ ।

    कार्यकारी अध्यक्ष उपेन्द्र यादव पक्षको सरकारमा जानु पर्ने मत छ । तर संघीय परिषद् अध्यक्ष अशोक राई पक्षले भने पार्टीले पराजय बेहोरेकाले सरकारमा जान नहुने बताउँदै आएको छ ।

    नेता राजकिशोर यादवका अनुसार सरकारमा सहभागिताबारे पार्टी भित्र कुनै औपचारिक छलफल भएको छैन ।

    लोसपा सहित जनमत र नागरिक उन्मुक्ति पार्टीलाई काँग्रेसले अब बन्ने सरकारमा सहभागि गराउने कसरत गरे पनि जसपासँग कुनै औपचारिक कुरा भएको छैन ।


    शनिवार, पौष २ २०७९०९:१६:०८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij