Nov 12 2026 | २०८३, कार्तिक २७ गते

२०८३, कार्तिक २७ गते
  • यो साता चर्चामा :
images

रामचन्द्र पौडेललाई भोली जापान सरकारले सम्मान गर्दै

रामचन्द्र पौडेललाई भोली जापान सरकारले सम्मान गर्दै

  • बुधवार, मंसिर २८ २०७९

  • 794
    SHARES

  • रामचन्द्र पौडेललाई भोली जापान सरकारले सम्मान गर्दै

    काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेललाई जापान सरकारले सम्मानित गर्ने भएको छ ।

    नेपाल–जापान सम्बन्ध प्रवर्द्धनमा योगदान पुर्‍याएको भन्दै जापान सरकारले सन् २०२० को अप्रिलमा २९ मा नेता पौडेललाई ‘द ग्रान्ड कोर्डन अफ द अर्डर अफ द राइजिङ सन’ बाट सम्मानित गर्ने घोषणा गरिएकोमा कोभिड महामारीका कारण कार्यक्रम स्थगित भएको थियो ।

    नेपालस्थित जापानको दूतावासले भोली नेता पौडेललाई उहाँको निवासमा एक कार्यक्रमबीच सम्मान गर्ने तयारी रहेको बताएको छ । पौडेललाई नेपालका लागि जापानका राजदूत किकुता युताकाले सो सम्मान प्रदान गर्ने तयारी छ।


    बुधवार, मंसिर २८ २०७९०४:२४:०६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij