काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सांसद पद खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ ।
चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधसभा सदस्य पदमा निर्वाचित लामिछानेको पद खारेज गर्न माग गर्दै सिन्धुलीका युवराज सफलले संवैधानिक इजलासमा मुद्दा दायर गर्नुभएको हो ।
रिटमा रवि लामिछानेको सांसद पद र राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति पद खारेज गर्न माग गरिएको छ । रिटमा रवि लामिछाने, राष्ट्रिय स्वतन्त्र पार्टी, निर्वाचन आयोग, संघीय संसद र जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई विपक्षी बनाइएको छ ।