Nov 12 2026 | २०८३, कार्तिक २७ गते

२०८३, कार्तिक २७ गते
  • यो साता चर्चामा :
images

आयोगले आज निर्वाचनको अन्तिम परिणाम घोषणा गर्ने

आयोगले आज निर्वाचनको अन्तिम परिणाम घोषणा गर्ने

  • बुधवार, मंसिर २८ २०७९

  • 258
    SHARES

  • आयोगले आज निर्वाचनको अन्तिम परिणाम घोषणा गर्ने

    काठमाडौं । निर्वाचन आयोगले ४ मङ्सिरमा सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको अन्तिम परिणाम आज घोषणा गर्ने भएको छ ।

    आयोगको समानुपातिक तर्फका प्रवक्ता गुरुप्रसाद वाग्लेले दलहरूबाट समानुपातिकतर्फ निर्वाचित हुने प्रतिनिधि सभाका १ सय १० र प्रदेश सभाका २ सय २० उम्मेदवारको नामावली प्राप्त भइसकेकाले उनीहरूलाई निर्वाचित गरेर अन्तिम परिणाम घोषणा गर्न लागिएको बताउनुभयो ।

    समानुपातिकतर्फ सबै दलको नामावली बन्दसूचीको क्लस्टर र प्राथमिकता क्रमअनुसार प्राप्त भएपछि आयोगले आज अन्तिम परिणाम घोषणा गर्न लागेको प्रवक्ता वाग्लेले बताउनुभयो । प्रत्यक्षतर्फ भने गणना सकिएलगत्तै मुख्य निर्वाचन अधिकृतले निर्वाचन क्षेत्रमै निर्वाचित गरेर प्रमाणपत्र दिइसकेका छन् ।

    समानुपातिकतर्फका निर्वाचित सदस्यहरूलाई मुख्य निर्वाचन अधिकृत एवं आयोगका सचिव गोकर्णमणि दुवाडीले प्रमाणपत्र प्रदान गर्नेछन् ।

    अन्तिम परिणाम घोषणा गर्न आयोगले आज दिउँसो साढे १ बजे पत्रकार सम्मेलन गर्दैछ । भोलि राष्ट्रपतिलाई प्रतिवेदन बुझाउने कार्यक्रम रहेको छ भने भोलि नै समानुपातिक तर्फका सांसदहरूलाई प्रमाणपत्र वितरण गरिने छ ।


    बुधवार, मंसिर २८ २०७९०९:१२:१२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij