Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

आजबाट सकियो निलम्बित प्रधानन्यायाधीश जबराको कार्यकाल

आजबाट सकियो निलम्बित प्रधानन्यायाधीश जबराको कार्यकाल

  • मंगलवार, मंसिर २७ २०७९

  • 474
    SHARES

  • आजबाट सकियो निलम्बित प्रधानन्यायाधीश जबराको कार्यकाल

    काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको कार्यकाल सकिएको छ । विसं २०७५ पुस १८ गते पद तथा गोपनियताको शपथ लिएर कार्यभार सम्हाल्नुभएका जवराको आजबाट कार्यकाल सकिन लागेको हो ।

    प्रधानन्यायाधीश भएको सुरुको अवधिमा ‘न्यायालयको शुद्धीकरण’ को अभियान सुरु गर्नुभएका जबरामाथि न्यायापालिकामा विचलन ल्याएको लगायत विभिन्न आरोप लगाउँदै २०७८ फागुन १ गते प्रतिनिधिसभामा महाभियोग दर्ता भएको थियो ।

    महाभियोग निष्कर्षमा पुर्‍याउन समय लगाएर आफूलाई अन्याय गरेको दाबीसहित यही मङ्सिर २० गते उनले संसद सचिवालयमा महाअभियोग निष्प्रभावी भएको पत्र माग गर्दै निवेदन दिनु भएको थियो ।

    उहाँको मागअनुसार संसद् सचिवालयले २१ गते दिएको पत्रविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन परेपछि सर्वोच्चले पत्र कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो । त्यसपछि जबराले अदालतमा गएर निलम्बन फुकुवा भएर कामकाज गरेर अवकाश लिने इच्छा पूरा हुन सकेन ।

    जबरा निलम्बनमा परेपछि कायममुकायम प्रधानन्यायाधीशका रुपमा वरिष्ठतम् न्यायाधीश हरिकृष्ण कार्कीले काम गरीरहनुभएको छ।


    मंगलवार, मंसिर २७ २०७९०४:४८:१२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij