काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नीति नियम बनाउने विषयमा दलहरू एक भएर निर्णय गर्नुपर्ने बताउनु भएको छ ।
प्रेस लैङ्गिक नीति सम्बन्धी कार्यक्रमलाई आज सम्बोधन गर्दै थापाले आम नागरिकका समस्या समाधान गर्न नीति निर्माणको आवश्यकता रहेको बताउनुभयो।
त्यसका लागि सबै दल एक ठाउँमा हुनुपर्ने उहाँको भनाइ छ। नीति निर्माणमा सम्बन्धित निकायले बेलैमा राजनीतिक दललाई आवश्यक सुझाव र परामर्श दिनुपर्ने बताउनुभयो।
उहाँले सरकारी पक्षलाई सबै क्षेत्रले आफ्ना क्षेत्रका समस्या समाधान गर्न सक्ने सम्भावित कुराको जानकारी समयसमयमा गराइरहने हो भने नीति निर्माणकर्ताले सोही अनुसार काम गर्दा धेरै समस्या हल हुने बताउनुभयो ।