Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

रेशम चौधरीसहितका नेता, कार्यकर्तालाई रिहा गर्न अध्यादेश ल्याइएको सरकारको दाबी

रेशम चौधरीसहितका नेता, कार्यकर्तालाई रिहा गर्न अध्यादेश ल्याइएको सरकारको दाबी

  • सोमवार, मंसिर २६ २०७९

  • 490
    SHARES

  • रेशम चौधरीसहितका नेता, कार्यकर्तालाई रिहा गर्न अध्यादेश ल्याइएको सरकारको दाबी

    काठमाडौं । सरकारले मुलुकको आन्तरिक एकताका लागि सहज वातावरण बनाउन तथा सबैलाई काम गर्न दिने मनसायका साथ आजीवन कारावासको सजाय भोगिरहेका रेशम चौधरीसहितका नेता, कार्यकर्तालाई रिहाई गर्नेगरी अध्यादेश ल्याएको बताएको छ ।

    सोमबार मन्त्रिपरिषदका निर्णय सुनाउने क्रममा सञ्चरकर्मीहरुको प्रश्नको जवाफ दिँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुुर कार्कीले यस्तो बताउनुभएको हो । उहाँले मुलुकलाई आन्तरिक एकताका साथ सहज वातावरणमा सबैलाई काम गर्न दिने मनसायका साथ मुलुकको राजनीतिक प्रणालीसँग असहमत रही हिंसात्मक क्रियाकलापमा संलग्न राजनैतिक दल वा समूहलाई शान्तिपूर्ण राजनीतिको मुल धारमा ल्याउने उद्देश्यका साथ राष्ट्रपति समक्ष अध्यादेश सिफारिस गरेको बताउनुभयो ।

    उहाँले यस किसिमका अध्यादेश यो भन्दा अघिका सरकारले पनि जारी गरेको भन्दै अहिलेको आवश्यकतालाई केन्द्रमा राखेर मुलुकलाई योगदान गर्न चाहने सबैलाई सहज वातावरण सिर्जना गर्नका निम्ति सरकार लागिपरेको बताउनुभयो।

    यस किसिमका अध्यादेश यो भन्दा अघिका सरकारले पनि अध्यादेश जारी गरेको छ । यस किसिमले माफी दिने सहमति गरेको छ । अहिलेको आवश्यकतालाई केन्द्रमा राखेर मुलुकलाई योगदान गर्न चाहने सबैलाई सहज वातावरण सिर्जना गर्नका निम्ति सम्माननीय राष्ट्रपतिकोमा मन्त्रिपरिषदले सिफारिस गरेको छ ।


    सोमवार, मंसिर २६ २०७९०५:४८:५४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij