काठमाडौं । सरकारले सार्वजनिक संस्थान सुझाव समितिमा २ जना महिला सदस्य थप गरेको छ ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सार्वजनिक संस्थान सुझाव समितिलाई थप समावेशी र प्रभावकारी बनाउनका लागि दुई जना महिला सदस्य थप गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सिंहदरबारमा आयोजित नियमित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।
