Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

महिला हिंसा विरुद्धको अभियान सडकबाट सुरु गर्नुपर्छ : मन्त्री रेग्मी

महिला हिंसा विरुद्धको अभियान सडकबाट सुरु गर्नुपर्छ : मन्त्री रेग्मी

  • आइतवार, मंसिर २५ २०७९

  • 325
    SHARES

  • महिला हिंसा विरुद्धको अभियान सडकबाट सुरु गर्नुपर्छ : मन्त्री रेग्मी
    काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले महिला हिंसा विरुद्धको अभियान सडकबाट सुरु गर्नुपर्ने बताउनुभएको छ। आइतबार(आज) नेपाल प्रेस युनियनले आयोजना गरेको ‘कार्यस्थलमा हुने लैंगिक हिंसा र न्यूनीकरणका उपाय’ विषयक अन्तरक्रियामा मन्त्री रेग्मीले यस्तो प्रतिक्रिया दिनुभएको हो ।
     
    अभियानको रुपमा बन्द कोठाभित्र कार्यक्रम गर्दा प्रभावकारी हुन नसकेको भन्दै उहाँले समाजलाई महिला हिंसाको सम्बन्धमा सचेत गराउन सडक र गाउँगाउँमा अभियान लिएर जानुपर्ने बताउनुभयो। उहाँले महिला हिंसा गाउँघरमा मात्रै नभई सहरी क्षेत्रमा पनि उत्तिकै भएको पनि बताउनुभयो । मन्त्री रेग्मीले समाजलाई सचेत नगराई महिला हिंसाको अन्त्य नहुने पनि तर्क गर्नुभएको थियो।
     
    मन्त्री रेग्मीले महिला हिंसा महिलाको मात्र समस्या नभई समाज, राजनीतिक दल र सिङ्गो राष्ट्रको समस्या भएको भन्दै चिन्ता व्यक्त गर्नुभयो । घर, राजनीतिक दल र राज्यसत्ता सबैतिर महिला हिंसा हुने गरेको उहाँको भनाइ थियो । साथै महिला हिंसाको समस्या समाधानका लागि सबैले सामूहिक प्रयास गर्नुपर्नेमा उहाँले जोड दिनुभयो।
     
    हिंसा अन्त्य गर्ने मोडालिटीमा नै परिवर्तन गर्नुपर्ने पनि उहाँको तर्क थियो । हिंसाको जरो घरभित्रै रहेको र घरभित्रै महिला सुरक्षित नरहेको भन्दै यो समस्या महिलाले मात्र समाधान गर्न नसक्ने उहाँले बताउनुभएको छ । 


    आइतवार, मंसिर २५ २०७९०३:१९:०२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij