काठमाडौं । निर्वाचन आयोगले दलहरूले बुझाएको समानुपातिक सांसदको सूची आज रुजु गर्ने भएको छ
समानुपातिक सिद्धान्त र क्लस्टर अनुसार सूची नमिलेको भएमा सच्याएर बुझाउन आयोगले आज र भोलि दुई दिनको समय दिने भएको हो ।
आयोगको तालिका अनुसार दलहरूले राति अवेरसम्म सामानुपातिकतर्फको बन्दसूची बुझाएका थिए । दलहरूले बुझाएको नामावलीले आयोगले छानबिन गरेर प्रमाणित भएपछि मात्रै मान्यता पाउँछ । आयोगका अनुुसार नामावलीमा आजैबाट छानबिन सुरु भएको छ ।
यदि क्लष्टर नमिलेको भए सच्याएर पुनः पेस गर्न दलहरूलाई आजै पत्राचार गर्ने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।