Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

यी ३ प्रदेशमा कांग्रेसले टुंग्यायो समानुपातिक सांसद (सूचीसहित)

यी ३ प्रदेशमा कांग्रेसले टुंग्यायो समानुपातिक सांसद (सूचीसहित)

  • शनिवार, मंसिर २४ २०७९

  • 428
    SHARES

  • यी ३ प्रदेशमा कांग्रेसले टुंग्यायो समानुपातिक सांसद (सूचीसहित)

    काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले तीन वटा प्रदेशसभाको समानुपातिक सांसदको टुंगो लगाएको छ।

    आज पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको समितिको बैठकले गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशसभाका लागि समानुपातिक सांसदको नाम टुंगो लगाएको कार्यसम्पादन समितिका सदस्य रमेश रिजालले बताउनुभयो।

    ‘गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशसभाका लागि महिलाहरू मात्रै पठाउनुपर्ने थियो। आयोगमा पहिले पेश गरेको बन्दसूची अनुसारनै ती नामहरू समितिले टुंगो लगायो। लुम्बिनी, बागमती, मधेस प्रदेश र प्रदेश १ मा पुरूष सांसदहरू समेत सिफारिस गर्नुपर्ने भएपछि ती प्रदेश सभाका साथै केन्द्रमा पनि पुरूष सांसद सिफारिसको जिम्मेवारी सभापतिलाई दिएका छौं,’ रिजालले भन्नुभयो।

    गण्डकीमा दलित महिला तर्फ दिल माया पौबी, टीकाकुमारी बस्याल चयन हुनुभएको छ । जनजाति महिलातर्फ विमला गौचन र रेखा गुरुङ, सरस्वती गुरुङ र पार्वती तामाङलाई चयन गरिएको छ।

    यस्तै, खसआर्य महिलाबाट सरस्वती अर्याल तिवारी, चम्पादेवी खड्का र कल्पना तिवारी चयन भएको रिजालले जानकारी दिनुभयो।

    यता कर्णालीमा दलित महिलातर्फ लक्ष्मी सुनार चयन हुनुभएको छ । जनजाति महिलातर्फ बलिमाय बुढा चयन हुँदा खसआर्य महिलाबाट जानकी सिंह, विजया बुढा र इन्द्रकुमारी शाही चयन हुनुभयो ।

    यता, सुदूरपश्चिम प्रदेशमा दलित महिलातर्फ ललिता सुनार चयन हुँदा खसआर्यबाट मधु भारती, सरस्वती खड्का, जुना दानी, डम्बरी महरा र तुलसी देवकोटा चयन भएका छन्।

    यस्तै थारूतर्फ गीताकुमारी चौधरी चयन हुनुभयो ।


    शनिवार, मंसिर २४ २०७९०३:०५:४८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij