Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

कांग्रेसमा समानुपातिकतर्फ ३ जना पुरुष सांसद छान्न सकस, टुंग्याउने जिम्मा देउवालाई

कांग्रेसमा समानुपातिकतर्फ ३ जना पुरुष सांसद छान्न सकस, टुंग्याउने जिम्मा देउवालाई

  • शनिवार, मंसिर २४ २०७९

  • 348
    SHARES

  • कांग्रेसमा समानुपातिकतर्फ ३ जना पुरुष सांसद छान्न सकस, टुंग्याउने जिम्मा देउवालाई

    काठमाडौं । समानुपातिक सूची टुंग्याउन आज बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले निर्णय लिन नसकेपछि सभापति शेरबहादुर देउवालाई जिम्मा दिइएको छ।

    पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले व्यक्तिगत र सामूहिक छलफल गर्नका लागि सभापतिलाई जिम्मा दिइएको बताउनुभयो।

    ‘व्यक्तिगत रुपमा पदाधिकारी र सदस्य साथीहरुले स्पेसिफिक सल्लाह दिन चाहनुहुन्छ। कतिपय सूचीमा भएका पदाधिकारी साथीहरु पनि हुनुहुन्छ। व्यक्तिग रुपमा पनि राय सल्लाह सुझाव लिएर, अन्य साथीहरुको सुझाव सल्लाहलाई मध्यनजर गरेर सभापतिले निर्णय गर्नुहुन्छ’, उहाँले भन्नुभयो।

    प्रतिनिधि सभामा कांग्रेसले समानुपातिकतर्फ ३२ सिट पाएको छ। त्यसमध्ये २९ जना पुरुष चयन गर्नुपर्ने भएपछि विवाद उत्पन्न भएको छ। पार्टी केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले ३ जना पुरुष उम्मेदवार चयनमा विवाद देखिएको बताउनुभयो।

    सहमहामन्त्रीद्वय जीवन परियार र फरमुल्लाह मन्सुर, पार्टी प्रवक्ता प्रकाशशरण महत, प्रभावशाली नेताहरु विमलेन्द्र निधि, गोपालमान श्रेष्ठ लगायतका नेताहरु समानुपातिक सूचीमा हुनुहुन्छ।


    शनिवार, मंसिर २४ २०७९०२:३५:५५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij