Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

लम्की–चुहा नगरपालिकामा विवाद बढ्दो, विलासी मोटरसाइकल बाँडेको भन्दै स्थानीय आक्रोशित

लम्की–चुहा नगरपालिकामा विवाद बढ्दो, विलासी मोटरसाइकल बाँडेको भन्दै स्थानीय आक्रोशित

  • शुक्रवार, मंसिर २३ २०७९

  • 489
    SHARES

  • लम्की–चुहा नगरपालिकामा विवाद बढ्दो, विलासी मोटरसाइकल बाँडेको भन्दै स्थानीय आक्रोशित

    काठमाडौं। कैलालीको लम्की चुहा नगरपालिकामा लगाइएको ताला तोडिएको छ ।

    सरकारी सम्पत्ति दुरुपयोग गरेको लगायतका आरोप लगाउँदै नेपाल कम्युनिष्ट पार्टीले लगाएको ताला पाँच मिनेट नहुँदै फोडिएको हो ।

    प्रहरीको सहयोगमा नगरपालिकाले नै ताला फोडेको हो । पुराना मोटरसाइकलहरू हुँदा हुँदा नयाँ मोटरसाइकल किनेर भ्रष्ट्राचार गरेको, सार्वजनिक खरिद ऐन विपरीत काम गरेको, नगर प्रमुखले व्यक्तिगत फाइदाको लागि सरकारी सम्पत्ति दुरुपयोग गरेको आरोप लगाइएको छ ।

    नगर प्रमुख शुशीला शाहीले आफ्नै यामाहा शोरुमबाट महंगो मूल्यका मोटरसाइकल खरिद गरी वडाध्यक्षहरुलाई बाँडेको भन्दै त्यहाँका स्थानीय आन्दोलित भएका छन् ।

    त्यस्तै, आवश्यकता र औचित्यहीन महँगो विलासी सवारी साधन खरिद गरेको र सरकारी बजेटमा ब्रमलुट मच्चाएको भन्दै नेपाल कम्युनिस्ट पार्टीले नगरपालिकाको आर्थिक प्रशासन शाखामा तालाबन्दी गरेको थियो ।

    उनीहरूले मोटरसाइकल फिर्ता गर्न समेत चेतावनी दिएका थिए ।


    शुक्रवार, मंसिर २३ २०७९०३:२८:२३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij