Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक शनिबार, चुनावी समीक्षा हुने

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक शनिबार, चुनावी समीक्षा हुने

  • बिहिवार, मंसिर २२ २०७९

  • 300
    SHARES

  • कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक शनिबार, चुनावी समीक्षा हुने

    काठमाडौं । नेपाली कांग्रेसले आगामी शनिबार केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।

    पार्टी कार्यालय सानेपामा दिउँसो १ बजे बैठक बोलाइएको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभएको छ । ४ मंसिरको निर्वाचन सम्पन्न भएपछि पहिलो पटक कांग्रेसको बैठक बस्न लागेको हो ।

    ‘नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक २०७९ मंसिर २४ गते शनिबार दिनको १ बजे पार्टीको केन्द्रीय कार्यालय, वीपी स्मृति भवन, वीपी नगर, ललितपुरमा बस्ने भएको छ,’ पौडेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको अनिवार्य उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिन्छ।‘

    कांग्रेस केन्द्रीय सम्पादनमा पार्टीका केन्द्रीय पदाधिकारी र वरिष्ठ केन्द्रीय सदस्यहरुसहितको ३७ सदस्यीय समिति रहेको छ। निर्वाचन सम्पन्न भएपछि कार्यसम्पादन समितिको बैठक पहिलोपटक बस्ने भएको छ। बैठकमा निर्वाचनको समीक्षा हुने बताइएको छ।

     


    बिहिवार, मंसिर २२ २०७९०१:३४:१७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij