Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

आम निर्वाचनले गणतन्त्रलाई थप मजबुत बनाएको प्रचण्डको विश्वास

आम निर्वाचनले गणतन्त्रलाई थप मजबुत बनाएको प्रचण्डको विश्वास

  • बिहिवार, मंसिर २२ २०७९

  • 332
    SHARES

  • आम निर्वाचनले गणतन्त्रलाई थप मजबुत बनाएको प्रचण्डको विश्वास

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली जनताको त्याग र बलिदानको बलमा प्राप्त वर्तमान संविधानको सफल कार्यान्वयनका लागि आम निर्वाचनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको जगलाई थप मजबुत बनाएको बताउनुभएको छ ।

    उधौली पर्वका अवसरमा शुभकामना व्यक्त गर्दै उहाँले हालै सम्पन्न निर्वाचनका निर्वाचित जनप्रतिनिधिलाई बधाई दिँदै दिगो, स्थिर र अग्रगामी समाज निर्माणका लागि एकताबद्ध भई अगाडि बढ्नसमेत आग्रह गर्नुभयो ।

    प्रचण्डले किराँत समुदायको उधौली तथा ज्यापू समुदायले मनाउने यमरी पुन्ही (ज्यापु दिवस)का अवसरमा दुवै समुदायलाई पनि शुभकामना दिनुभयो ।

    यी पर्वले नेपालको सांस्कृतिक विविधतासँगै सामाजिक, सांस्कृतिक ऐक्यबद्धता, सद्‌भाव र सहिष्णुताको संरक्षण एवं प्रवर्द्धन गर्न मद्दत मिल्ने उहाँको विश्वास छ ।

     


    बिहिवार, मंसिर २२ २०७९०७:०९:००
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij