Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

नागरिक उन्मुक्ति पार्टीको महाधिवेशन वैशाखमा

नागरिक उन्मुक्ति पार्टीको महाधिवेशन वैशाखमा

  • सोमवार, मंसिर १९ २०७९

  • 723
    SHARES

  • नागरिक उन्मुक्ति पार्टीको महाधिवेशन वैशाखमा

    काठमाडौं ।नागरिक उन्मुक्ति पार्टीको पहिलो राष्ट्रिय महाधिवेशन आगामी वैशाख पहिलो साता कैलालीमा हुने भएको छ। कैलालीको टिकापुरमा आगामी बैशाख ४ देखि ६ गतेसम्म गर्ने तयारी भएको पार्टीका नेता लक्ष्मण थारूले जानकारी दिनुभयो ।

    आज रेशम चौधरीसँग डिल्लीबजार कारागारमा भेटघाट गरी महाधिवेशनको मिति तय गरिएको थारुले जानकारी दिनुभयो। उहाँले पार्टी संगठन रहेको सबै जिल्लाका पदाधिकारीहरूलाई आफ्नो जिल्ला, क्षेत्र, पालिका, वडाहरुको गठन, पुनर्गठनमा लाग्न आह्वान पनि गर्नुभयो ।

    भरखरै सम्पन्न प्रतिनिधी सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीबाट कैलाली–१ बाट पार्टी अध्यक्ष रन्जिता श्रेष्ठ, कैलाली–२ बाट अरुणकुमार चौधरी र कैलाली–३ बाट गंगाराम चौधरी प्रतिनिधि सभामा निर्वाचित हुनुभएको छ।

    यस्तै बर्दिया–२ बाट रेशमका बुवा लालवीर चौधरी स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित हुनुभएको छ।प्रदेशसभा तर्फ कैलालीबाट ५ जना र बर्दियामा २ गरेर कुल ७ जनाले चुनाव जितेका छन् ।


    सोमवार, मंसिर १९ २०७९०३:१६:४६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij