काठमाडौं। नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु भएको छ । पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा केहिबेर अगाडी बैठक सुरु भएको आजको बैठकमा अब बन्ने नयाँ सरकार निर्माणका बारेमा छलफल र गत निर्वाचनको समीक्षा हुने जनाइएको छ ।
त्यस्तै आजको बैठकमा सरकारमा जानका लागि बर्तमान सत्ता गठबन्धनलाई निरन्तरता दिने कि नेकपा एमालेसँग सहकार्य गरेर अघि बढ्ने भन्ने बारेमा छलफल गर्ने जनाइएको छ ।
हिजो पनि पार्टी कार्यालयमा बसेको पदाधिकारी बैठकले माओवादीको नेतृत्वमा सरकारमा जान विकल्प खुला गरेको बताएको थियो ।