काठमाडौं । बाजुरामा नेपाली कांग्रेसका बद्री पाण्डेले अग्रता कायमै गरेका छन् ।
यो समाचार तयारपार्दासम्म पाण्डेले २६ हजार ९८६ मतका साथ अगाडि हुनुहुन्छ भने नेकपा एमालेका कर्ण थापाले २३ हजार २०८ मत प्राप्त गर्नुभएको छ ।
मंसिर ४ मा सम्पन्न निर्वाचनमा धाँधली भएको भन्दै रोकिएको मतगणना बुधबारबाट सुरु भएको छ । एमालेले पुनः मतदानको माग गरेपनि निर्वाचन आयोगले मंगलबार मतगणना सुरु गर्ने निर्णय गरेको थियो ।