काठमाडौं । स्याङ्जा २ मा नेपाली कांग्रेसका धनराज गुरुङ निर्वाचित हुनुभएको छ ।
नेकपा एमालेकी पद्मा कुमारी अर्याललाई ५ हजार ६२७ मतान्तरले पराजित गर्दै गुरुङ विजयी हुनुभएको हो ।
गुरुङले ३१ हजार ४ सय ६६ मत पाउनु भएको छ भने एमालेकी अर्यालले २५ हजार ८ सय ३९ मत पाउनु भएको छ ।
यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले ८ हजार १ सय १३ मत पाउनु भएको छ । यस निर्वाचन क्षेत्रमा ७० हजार १ सय ९१ मत खसेको थियो । स्याङ्जा–२ मा मंसिर ४ गते भएको मतदानमा विवाद भएपछि १० दिनसम्म गणना रोकिएको थियो ।