Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

स्याङजा २, बाजुरा र दोलखामा कस्को मत कति ?

स्याङजा २, बाजुरा र दोलखामा कस्को मत कति ?

  • शनिवार, मंसिर १७ २०७९

  • 606
    SHARES

  • स्याङजा २, बाजुरा र दोलखामा कस्को मत कति ?

    काठमाडौं । प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन अन्तर्गत बाजुरा, दोलखा र स्याङ्जा–२ मा मतगणना जारी छ । पछिल्लो विवरण अनुसार स्याङ्जाको २ मा नेपाली कांग्रेसका धनराज गुरुङको अग्रता कायम रहेको छ ।

    उहाँले नेकपा एमालेकी पद्माकुमारी अर्याललाई २२ सयभन्दा धेरै मतले पछि पार्नुभएको छ । कांग्रेसका धनराज गुरुङको २२ हजार ४८० र एमालेका पद्माकुमारी अर्यालको २० हजार २६७ मत रहेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार टिकराज गुरुङले ७ हजार २६८ मत ल्याउनुभएको छ ।

    उता बाजुरामा कांग्रेसका बद्रि पाण्डेले १२ हजार ७०५ मत प्राप्त गर्नुभएको छ । त्यस्तै उहाँका प्रतिस्पर्धी एमालेका कर्ण थापाले १० हजार ५९ मतसहित पछ्याउनुभएको छ ।

    यस्तै दोलखामा यो समाचार तयारपार्दासम्म माओवादी केन्द्रका गङ्गाबहादुर कार्कीले ८ हजार ८४५ मतसहित अग्रता लिनुभएको छ । उहाँका प्रतिस्पर्धी एमालेका बालकृष्ण सिवाकोटीले ८ हजार ४३ मत प्राप्त गर्नुभएको छ ।


    शनिवार, मंसिर १७ २०७९०८:५७:३६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij