काठमाडौं । स्याङ्जा निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङले फराकिलो अग्रता कायमै राख्नुभएको छ।
गुरुङले एमालेकी पद्मा अर्याल निरन्तर पछाडि पार्नुभएको छ । यो समाचार तयारपार्दासम्म गुरुङले १७ हजार २२१ मत प्राप्त गर्नुभएको छ। एमालेकी अर्यालले भने १५ हजार ९०८ मत प्राप्त गर्नुभएको छ।
यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले भने ६ हजार ३३७ मत पाउनुभएको छ ।