काठमाडौं । नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीले पार्टीका वर्तमान नेतृत्वहरुबाट अहिले देखिएका चुनौती समाधान नहुने बताउनुभएको छ ।
गुल्मी क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभामा निर्वाचित सांसद रहनुभएका नेता भण्डारीले आज सदरमुकाम तम्घासमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै वर्तमान पार्टीका नेतृत्वहरु शारीरिक रुपले पनि अस्वस्थ भएकाले चुनौतीको समाधान गर्न नसक्ने बताउनु भएको हो ।
उहाँले वर्तमान समस्यालाई समाधान गर्नका लागि युवाहरु नेतृत्वमा आउनुपर्ने बताउनुभयो । सरकारको नेतृत्व कस्ले गर्ने भन्नेबारे पार्टीभित्र र गठबन्धन भित्र बसेर सहमति गर्ने प्रतिबद्धता जाहेर गर्नुभयो ।
पार्टीभित्र र गठबन्धन भित्र झगडा र आन्तरिक किचलो नहुने गरी सहमतिमै सरकार गठन हुने उहाँको दाबी छ ।