Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

स्याङजा २, बाजुरा र दोलखामा कस्को अग्रता, को पछ्याउँदै ?

स्याङजा २, बाजुरा र दोलखामा कस्को अग्रता, को पछ्याउँदै ?

(मतसहित)
  • शुक्रवार, मंसिर १६ २०७९

  • 1.6K
    SHARES

  • स्याङजा २, बाजुरा र दोलखामा कस्को अग्रता, को पछ्याउँदै ?

    काठमाडौं । बाजुरामा नेपाली कांग्रेसका बद्रि पाण्डेले ५ हजार ४१९ मत प्राप्त गर्नुभएको छ । त्यस्तै उहाँका प्रतिस्पर्धी एमालेका कर्ण थापाले ४ हजार १२९ मतसहित पछ्याउनुभएको छ ।

    दोलखामा पनि मतगणना सुरु भएको छ । यो समाचार तयारपार्दासम्म नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका गंगा कार्की ३ हजार २४१ मतका साथ अगाडि हुनुहुन्छ भने नेपाल एमालेका बालकृष्ण शिवाकोटीले १ हजार ५ सय मतका साथ पछ्याइरहनुभएको छ ।

    यस्तै, स्याङ्जाको क्षेत्र नम्बर–२ मा मतगणना भइरहेको छ । नेपाली कांग्रेसका धनराज गुरुङको अग्रता कायम रहेको छ ।

    उहाँले नेकपा एमालेकी पद्माकुमारी अर्याललाई २३ सयभन्दा धेरै मतले पछि पार्नुभएको छ । कांग्रेसका धनराज गुरुङको १२ हजार ९५१ र एमालेका पद्माकुमारी अर्यालको १० हजार ६२७ मत रहेको छ ।

    राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार टिकराज गुरुङले ५ हजार ६७६ मत ल्याउनुभएको छ ।


    शुक्रवार, मंसिर १६ २०७९०९:१४:१२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij