Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

बाजुरामा मतदानका दिन झडपपछि एमाले कार्यकर्ताको हत्या आरोपमा वडाध्यक्ष पक्राउ

बाजुरामा मतदानका दिन झडपपछि एमाले कार्यकर्ताको हत्या आरोपमा वडाध्यक्ष पक्राउ

  • बिहिवार, मंसिर १५ २०७९

  • 875
    SHARES

  • बाजुरामा मतदानका दिन झडपपछि एमाले कार्यकर्ताको हत्या आरोपमा वडाध्यक्ष पक्राउ
    काठमाडौं । बाजुराको त्रिवेणी नगरपालिका–७ को नाटेश्वरी मावि मतदान केन्द्रमा भएको झडपपछि स्थानीय चेतन अयडीको हत्या प्रकरणका आरोपी वडाध्यक्ष जुद्ध अयडी पक्राउ परेका छन्।
     
    नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुका केन्द्रीय सदस्यसमते रहेका चेतनको मंसिर ४ मा हत्या भएको थियो। प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनअन्तर्गत मतदानका क्रममा भएको झडपपछि चेतनको हत्या भएको थियो। 
     
    चेतनका परिवारले  हत्यामा संलग्न भएको भन्दै वडाध्यक्ष एयडीसहित २२ जनाविरुद्ध किटानी जाहेरी  दिएको छ। यसअघि नै २ जना पक्राउ परिसकेका छन्। चेतनको शवको भने ९ दिनपछि अन्तिम संस्कार गरिएको थियो। 
     
    सोही दिन प्रहरीको गोली लागेर सञ्जीव अयडीको पनि मृत्यु भएको थियो। चेतनको हत्या प्रकरणमा परेको किटानी जाहेरी भएपछि वडाध्यक्षलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी प्रमुख सूर्य थापाले बताउनुभएको छ ।  
     
    वडाध्यक्ष जुद्ध नाटेश्वरी मन्दिरमा दलित पसेको भन्दै कुटपिट आरोपमा १ महिना अगाडि पनि पक्राउ परेका थिए। त्यतिबेला उनीसहित अन्य ३ जना १ लाख रुपैयाँ धरौटी तिरेर छुटेका थिए। 


    बिहिवार, मंसिर १५ २०७९०४:५४:१०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij