Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

सरकार गठबनबारे बहस सुरु, सत्तागठबन्धनकै नेतृत्वमा सरकार बन्ने संकेत (खास खबर)

सरकार गठबनबारे बहस सुरु, सत्तागठबन्धनकै नेतृत्वमा सरकार बन्ने संकेत (खास खबर)

  • बुधवार, मंसिर १४ २०७९

  • 623
    SHARES

  • सरकार गठबनबारे बहस सुरु, सत्तागठबन्धनकै नेतृत्वमा सरकार बन्ने संकेत (खास खबर)

    काठमाडौं । आम निर्वाचन २०७९ अर्थात् गत मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुग्दा नयाँ सरकार गठनको जोडघटाउ सुरु भएको छ । मतगणनासँगै अबको सरकार कस्को र कस्तो बन्ला ? भन्ने आम चासो पनि बढ्दै छ । अहिलेसम्मको परिणामले यसपटक कुनैपनि दलले एक्लो सरकार बनाउन सक्ने अवस्था देखिदैन । त्यति मात्र नभइ अहिलेको निर्वाचनमा जुटेको ५ दलीय सत्ता गठबन्धन र त्यसलाई काउण्टर दिन बनेको नेकपा एमाले नेतृत्वको गठबन्धनले पनि सरकार बनाउन चुनौती देखिन्छ ।

    निर्वाचन आयोगका अनुसार हालसम्म समानुपातिकतर्फ एक करोड बढी मतगणना भइसकेको छ । अब करिब ९ लाख मात्रै मत गन्न बाँकी छ । दुवै निर्वाचन प्रणालीअन्र्तगत कुनैपनि दलको स्पष्ट बहुमत आउन नसकेको अवस्थामा सत्ता गठबन्धन र एमाले गठबन्धन दुवै आफ्नो नेतृत्वमा नयाँ सरकार गठनको कसरतमा देखिएका हुन् ।

    आजसम्म कांग्रेसले प्रत्यक्षमा ५५ सिट मात्रै पाउने देखिन्छ भने जारी गणनामा यही अनुपातमा मत आउने हो भने समानुपातिकमा ३२ पाउनेछ, यसरी कुल ८७ सिट पुग्ने देखिन्छ । गठबन्धनको अर्को दल माओवादी केन्द्रले प्रत्यक्षमा १७ र समानुपातिकमा बढीमा १४ गरी जम्मा ३१ सिटमा सिमित हुनेछ । यसैगरी एकीकृत समाजवादीले १० सिट प्रत्यक्षमा जितेको छ । यही अनुपातमा मत आउँदा राष्ट्रिय पार्टी बन्ने सम्भावना नै देखिँदैन । लोसपाको ४ र जनमोर्चाको एक सिट जोड्दा १ सय ३३ सिट पुगेको गठबन्धन गणना बाँकी रहेका तीन क्षेत्र समेत उसले नै जितेपनि १ सय ३६ मात्रै पुग्छ । २ सय ७५ सदस्यीय प्रतिनिधिसभामा बहुमतका लागि १ सय ३८ सिट चाहिन्छ । यसकारण थप २ सिटलाई गठबन्धनले बाहिरका साना दल वा स्वतन्त्र रुपमा जितेकाहरुलाई समावेश गर्नुपर्ने हुन्छ ।

    उता एमाले बाहेकका दलहरुमा राष्ट्रिय स्वतन्त्र पार्टी ७ प्रत्यक्ष र १४ समानुपातिक गरी सम्भवतः २१ सिटसहित संसद्मा जाँदा राप्रपा प्रत्यक्ष्मा ७ र त्यही हाराहारीमा समानुपातिक पाउनेछ । जसपाले ७ प्रत्यक्ष र ५ जति समानुपातिकमा ल्याउनेछ, भने जनमत पार्टी १, ४ समानुपातिक गरी पाँच सिटसहित संसद्मा जानेछ भने नागरिक उन्मुक्ति पार्टी ३ र एक स्वतन्त्र प्रतिनिधिसभामा आइपुगेको छ । यी सबैमध्ये कुनै एक पार्टी नै सत्ता–गठबन्धनको सरकार बनाउन प्रशस्त हुनेछ । राजनीतिक विश्लेषक पुरञ्जन आचार्यका अनुसार प्रधानमन्त्री बन्न रस्साकस्सी भएपनि गठबन्धनकै नेतृत्वमा सरकार बन्नेछ ।

    यसको अलवा सत्ता गठबन्धनको विकल्पमा अन्य सबै दलहरुलाई एकैठाँउमा जम्मा पार्न सके एमालेले पनि सरकारको नेतृत्व गर्न पनिसक्छ, अध्यक्ष ओलीले गठबन्धनकै घटक माओवादीलाई समेत आफ्नो पक्षमा पार्ने रणनीति अपनाउँदै हुनुहुन्छ । केही दिन पहिले उहाँले माओवादी अध्यक्ष प्रचण्डलाई फोन गरेरै पुनर्मिलनको प्रस्ताव गरिसक्नुभएको छ । यी सबै दृश्य केलाउदा अबको सरकारको नेतृत्व बडो रोचक हुने विश्लेषकको आंकलन छ । जनताले दिएको म्याण्डेटलाई कार्यान्वयन गर्नका लागि भएपनि सरकार निर्माण गर्नुपर्ने डा. भीमार्जुन आर्चाय बताउनुहुन्छ ।

    फेरी सत्ता गठबन्धनमै पनि प्रधानमन्त्रीका आकाँक्षीहरु धेरै हुदा गठबन्धनबाट प्रधानमन्त्री बन्ने को? भन्ने कुरा अझै टुङ्गो छैन । अहिलेकै अवस्थामा प्रधानमन्त्री देउवा कायम रहे गठबन्धनमा आबद्ध अन्य दलहरु सन्तुष्ट हुने देखिएपनि नेतृत्व परिवर्तन हुने अवस्था आए गठबन्धन नै भत्किने सम्भावना रहेको देखिन्छ । यदी एमालेसँग माओवादी टाँसिन पुगेको खण्डमा अहिलेको निर्वाचनको जस्तै नसोचेको परिणामबाट सरकार बन्ने सम्भावना रहेको पनि विश्लेषकहरुको बुझाइ छ ।


    बुधवार, मंसिर १४ २०७९०८:३९:२७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij