Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

प्रतिनिधि सभातर्फ १६१ निर्वाचन क्षेत्रको अन्तिम नतिजा सार्वजनिक

प्रतिनिधि सभातर्फ १६१ निर्वाचन क्षेत्रको अन्तिम नतिजा सार्वजनिक

  • बुधवार, मंसिर १४ २०७९

  • 285
    SHARES

  • प्रतिनिधि सभातर्फ १६१ निर्वाचन क्षेत्रको अन्तिम नतिजा सार्वजनिक

    काठमाडौं । प्रतिनिधि सभाका १६५ निर्वाचन क्षेत्रमध्ये अब ४ वटा क्षेत्रको अन्तिम परिणाम आउन बाँकी रहेको छ ।

    अब सुनसरी–४ मा मतगणना भईरहेको छ भने बाजुरा, स्याङ्जा–२ र दोलखामा मतगणना सुरु हुन सकेको छैन ।

    अहिलेसम्म घोषित परिणाममा नेपाली कांग्रेस ५४ स्थानमा विजयी हुँदा नेकपा (एमाले) ४४ सिटका साथ दोस्रो स्थानमा रहेको छ । यस्तै, नेकपा (माओवादी केन्द्र) १७, नेकपा (एकीकृत समाजवादी) १०, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादी पार्टी ७/७ सिटमा विजयी भएका छन् ।

    त्यसैगरी लोकतान्त्रिक समाजवादी पार्टी ४, नागरिक उन्मुक्ति पार्टी ३, नेमकिपा, जनमत पार्टी, राष्ट्रिय जनमोर्चाले एकरएक स्थानमा जित हासिल गरेका छन् । यस्तै ५ ठाउँमा स्वतन्त्र उम्मेदवारहरु विजयी भएका छन् ।


    बुधवार, मंसिर १४ २०७९०८:२७:०६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij