Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

सुनसरी–३ बाट विजयलाई हराउँदै भगवती चौधरीको जित

सुनसरी–३ बाट विजयलाई हराउँदै भगवती चौधरीको जित

  • मंगलवार, मंसिर १३ २०७९

  • 1.3K
    SHARES

  • सुनसरी–३ बाट विजयलाई हराउँदै भगवती चौधरीको जित

    काठमाडौं । सुनसरी क्षेत्र नम्बर ३ मा कांग्रेसका विजयकुमार गच्छदारलाई पराजित गर्दै एमालेकी भगवती चौधरीले दुई पटकसम्मको पराजयको बदला लिनुभएको छ ।

    ०४८ सालदेखि लगातार सोही क्षेत्रबाट निर्वाचित हुँदै आएका गच्छदार सातौँ पटक जितेर रेकर्ड राख्न चाहन्थे । तर, त्यसमा बाधक बनिन् भगवती चौधरी ।

    तीन हजार ६५५ मतगणना हुन बाँकी रहँदा चौधरीले गच्छदारलाई ५ हजार ४३४ मतले पछि पारेकी छिन् । अब उनको विजय आधिकारिक घोषणा हुन मात्रै बाँकी छ । चौधरीले ३९ हजार २९७ मत ल्याउँदा गच्छदारले हालसम्म ३३ हजार ८६३ मत पाएका छन् । सो क्षेत्रको बर्जू गाउँपालिका वडा नम्बर ६ को तीन हजार ६५५ मत गणना हुन मात्रै अब बाँकी छ ।

    गच्छदार छैटौँ पटकसम्म अपराजित रहँदा चौधरीले यस पटक गच्छदारको जितमा ब्रेक लगाएकी छिन् । कांग्रेस नेता विजय गच्छदार आम मतदातासँग न्यायको माग गरिरहेका थिए ।

    ०४८ सालदेखि नै सो क्षेत्रबाट निर्वाचन लड्दै आएका गच्छदार हालसम्म अपराजित थिए । गच्छदारलाई १० वर्षयता लगातार टक्कर दिइरहेकी भगवती चौधरी भने ३१ वर्षमा नभएको विकास आफूले जिते ५ वर्षमै गर्ने बताउँदै निर्वाचन जितेकी छिन् ।


    मंगलवार, मंसिर १३ २०७९०६:३०:३५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij